आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेलम्चीका बाढीपीडितलाई आर्थिक सहयोग    

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 318
    SHARES
  • मेलम्चीका बाढीपीडितलाई आर्थिक सहयोग    

    मेलम्चीका बाढीपहिरो पीडितलाई टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले रु १८ लाख ३६ हजार १०५ नगद सहयोग गर्नुभएको छ । उहाँले उक्त रकम मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याललाई आज हस्तान्तरण गर्नुभएको हो ।     
         
     उक्त रकम गत असार १ गते आएको बाढीका कारण मेलम्ची नपामा पूर्णरूपमा क्षति भएकामध्येका पनि अतिप्रभावित कमल श्रेष्ठ, ङयन्द्र प्र दुलाल हीराकाजी श्रेष्ठ, रामजी श्रेष्ठ र मछिन्द्र श्रेष्ठलाई रु, तीन लाख ६७ हजारका दरले घर निर्माणका लागि प्रदान गरिएको अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो । सो अवसरमा कँडेलले रेडियो मेलम्चीलाई रु ५० हजार प्रदान गर्नुभएको छ     
         
     स्विडेनमा रहनुभएका हेलम्बु गाउँपालिका–६ निवासी कृष्ण केसीको नेतृत्वमा सङ्कलन गरिएको रु १५ हजारसहित रु ५० हजार कँडेलले रेडियोका अध्यक्ष डम्बर रसिक भारतीलाई हस्तान्तरण गर्नुभएको हो । रासस     

    images