बुधबार, भाद्र २४ गते २०८३
images

एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ:सञ्चारमन्त्री खरेल

एक्सप्रेस पाना
मंसिर १४, २०८२ आइतबार
  • 121
    SHARES
  • एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ:सञ्चारमन्त्री खरेल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् ।   

    images

    आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् ।  

    उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो ।त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए । तपाईहरु चोइटिनुभयो । तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो । एउटा ठुलो अवसर आएको छ पार्टीको एनआरएनए नबनाईदिनु होला ।’

    images

    उनले संघको बृहत एकता ठुलो अवसर दिएको भन्दै एनआरएनएलाई सम्रग गैरआवासीय नेपाली जनताको र राष्ट्रको समग्र हितमा राख्नुपर्ने बताए । 

    मन्त्री खरेलले आजको एकताबाट एनआरएनए कहिलै नझुट्ने, राजनीतिक भन्दा माथी रहने पनि बताए ।  

    ‘आजको एकता समारोहमा मैले पटक पटक भन्थे राजनीतिकबाट माथी राखौं । अनि सम्मान बढ्छ । अब एनआरएनए कहिलै भुट्दैन । अब एनआरएनए राजनीतिक भन्दा माथी रहन्छ । अब एनआरएनए जन्मभुमिको लागि अरबौ लगानी ल्याउनको लागि तपाईहरु नै हाम्रो साथी बन्नुहुन्छ । नागरिक सरकारले निर्वाचन अधिकारका लागि काम गर्नेछ,’ उनले भने । 

  • सम्बन्धित विषय:

  • # जगदिश खरेल