बुधबार, भाद्र २४ गते २०८३
images

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने

एक्सप्रेस पाना
मंसिर २१, २०८२ आइतबार
  • 129
    SHARES
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने

    काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्।

    images

    सत्तापक्षीय सातदलीय गठबन्धनको आजको बैठकले सो निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए। मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।

    शपथपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णरूप दिने योजना रहेको बताईएको छ।

    images

  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • # मुख्यमन्त्री
  • # कृष्ण प्रसाद यादव