बुधबार, भाद्र २४ गते २०८३
images

यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन्:राजेन्द्र लिङदेन

एक्सप्रेस पाना
मंसिर २५, २०८२ बिहीबार
  • 183
    SHARES
  • यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन्:राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् ।

    images

    विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताएका हुन् । उनले यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए ।

    उनले भने, ‘यही संविधान र यही अवस्थामा निर्वाचन गर्नु समस्याको समाधान होइन । निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकाश दिएर अगाडि जानुपर्छ । जेनजीहरुका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ । निर्वाचन भइहाल्यो भने राप्रपा निर्वाचनबाट भाग्दैन् । निर्वाचनको तयारीसँगै अगाडि बढाएर जान्छ ।’

    images

    यस्तै, उनले बैठकमा समग्रमा अहिलेको राजनीतिक परिस्थिति, आगामी निर्वाचन, आन्दोलन आदीका बारेमा छलफल र बहस भइरहेको भन्दै बैठकमा सहभागिहरुले आफ्नो भनाई राख्ने काम जारी रहेको बताए । बोल्ने काम सकिपछि भोलि बैठक समापन हुने पनि उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङदेन