बुधबार, भाद्र २४ गते २०८३
images

मिराज ढुंगानाको समूहलाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति

एक्सप्रेस पाना
पौष ७, २०८२ सोमबार
  • 132
    SHARES
  • मिराज ढुंगानाको समूहलाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिएको जनाएको छ ।

    images

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिएको बताए ।

    उनले भने, ‘उहाँहरुले सूचना र निवेदन दिनुभएको छ । सानोतिनो प्रदर्शन मात्र गर्ने हो भन्नु भएको छ । हामीले आन्दोलनको उचित तरिकाले व्यवस्थापन गर्नेछौं । आन्दोलनका लागि कुनै किसिमको अनुमति भने दिएका छैनौं ।’

    images

    आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # मिराज ढुंगाना