आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य आज प्रतितोला तीन सयले बढ्यो

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 312
    SHARES
  • सुनको मूल्य आज प्रतितोला तीन सयले बढ्यो

    कात्तिक ८ काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँ कायम भएको हो । 

    images

    आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ रहेको थियो ।  

    आइतबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।
     

    images