आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप २०२६का लागि १५ सदस्यीय नेपाली टोली घोषणा

एक्सप्रेस पाना
पौष २३, २०८२ बुधबार
  • 134
    SHARES
  • टी–२० विश्वकप २०२६का लागि १५ सदस्यीय नेपाली टोली घोषणा

    काठमाडौं । आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा आयोजना हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपाली टोलीको घोषणा गरिएको छ । 

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

    घोषित टोलीमा नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ललाई पनि समावेश गरिएको छ । अनुभवी खेलाडी र नयाँ प्रतिभाको सन्तुलन मिलाएर टोली चयन गरिएको क्यानले जनाएको छ ।

    images

    नेपाली टोली:
    रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजबंशी, शेर मल्ल र लोकेश बम।

    यस पटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालले समूह चरणका आफ्ना सबै खेलहरू भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा खेल्नेछ ।

    612121734_1338842784938765_7503357367699817626_n.jpg

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप
  • # नेपाली टोली