काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा माइक्रोबस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मंगलबार दिउँसो सिद्धि भवन अगाडि भएको उक्त दुर्घटनामा एक जना घाइते भएका छन् भने दुर्घटनापछी मोटरसाइकलमा आगो लागेको थियो। प्रहरीले आगो नियन्त्रणमा लिएको जनाएको छ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


