मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाकै तीन लाख ३९ हजार पुग्यो

एक्सप्रेस पाना
माघ १५, २०८२ बिहीबार
  • 124
    SHARES
  • सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाकै तीन लाख ३९ हजार पुग्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो । यो इतिहासकै उच्च मूल्य हो ।

    महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा तीन लाख १८ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै ,चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भैइरहेको छ । बुधबार ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी