आइतबार, कार्तिक १६ गते २०८३
images
images

मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक्सप्रेस पाना
माघ २०, २०८२ मंगलबार
  • 107
    SHARES
  • मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    काठमाडौं । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सोमबार बिहान ४ः३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई सुरक्षाजाँच गर्दा लागूऔषध बरामद भएको हो।

    पक्राउ पर्नेहरूमा उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लाको सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र मुजफ्फरनगर, अम्बा बिहारका ४४ वर्षीय साबीरा रहेका छन् ।

    images

    प्रहरीले तीनै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानको लागि नियन्त्रणमा राखेको जनाएको छ।