आइतबार, कार्तिक १६ गते २०८३
images
images

यातायात व्यवस्था विभागले खुला गर्‍यो नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहोस् फारम

एक्सप्रेस पाना
कार्तिक ९, २०७८ मंगलबार
  • 331
    SHARES
  • यातायात व्यवस्था विभागले खुला गर्‍यो नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुहोस् फारम

    कात्तिक ९ काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ । 

    images

    सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागको वेबसाइटमा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् ।