काठमाडौँ । दोस्रो अभ्यास खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।
बिहिबार चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा जारी टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यो संगै नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्दै छ ।
नेपालले यसअघि पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । त्यस्तै क्यानडा भने इटालीसँगको वार्मअप खेल १० रनले हारेको थियो ।


