आइतबार, भाद्र २८ गते २०८३
images

रामेछाप बस दुर्घटना:मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो

एक्सप्रेस पाना
माघ २८, २०८२ बुधबार
  • 102
    SHARES
  • रामेछाप बस दुर्घटना:मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो


    काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान बस खस्दा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् ।

    दुर्घटनामा परी केही यात्रु अझै हराइरहेको आशंका गरिएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण हालसम्म प्राप्त नभएको जनाइएको छ । घाइतेहरूको धुलीखेल र काठमाडौंमा उपचार भइरहेको छ ।

    images

    सामान्य घाइते भएका चालकलाई भने उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
    मन्थली नगर अस्पतालका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म पहिचान खुलेका व्यक्तिहरू यसप्रकार रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना