सोमबार, भाद्र २९ गते २०८३
images

टी–२० विश्वकप:स्कटल्याण्डलाई हराउँदै नेपाल विजयी

एक्सप्रेस पाना
फाल्गुण ५, २०८२ मंगलबार
  • 119
    SHARES
  • टी–२० विश्वकप:स्कटल्याण्डलाई हराउँदै नेपाल विजयी

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको अन्तिम खेलमा स्कटल्याण्डलाई हराउँदै नेपाल विजयी भएको छ ।  

    images

    मंगलबार भएको समूह ‘सी’ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराएको हो । १७१ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । १२ बर्षपछि विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको हो ।

    नेपालको लागी दिपेन्द्र सिंह ऐरीले अविजित ५० रन बनाए । त्यसैगरी कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ सेखले ३३ रन बनाउँदा गुलशन झाले २४ रन बनाए । 

    images

    यसअघि ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप