आइतबार, कार्तिक १६ गते २०८३
images
images

टी–२० विश्वकपबाट श्रीलंका बाहिरियो, न्यूजील्याण्डसँग ६१ रनले पराजित

एक्सप्रेस पाना
फाल्गुण १४, २०८२ बिहीबार
  • 127
    SHARES
  • टी–२० विश्वकपबाट श्रीलंका बाहिरियो, न्यूजील्याण्डसँग ६१ रनले पराजित

    काठमाडौँ । श्रीलंका जारी टी–२० विश्वकपबाट बाहिरिएको छ। 

    images

    बुधबार भएको सुपर आठ अन्तर्गतको खेलमा न्यूजील्याण्डसँग ६१ रनले पराजित भएसँगै श्रीलंकाको विश्वकपको यात्रा टुंगिएको हो।

    १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो। 

    images

    श्रीलंकाका लागि कमिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए भने दुनिथ वेल्लालागेले २९ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यान चल्न नसक्दा टोली दबाबमा पर्यो । 

    न्यूजील्याण्डका रचिन रविन्द्रले ४ विकेट लिँदै श्रीलंकाको ब्याटिङ लाइन ध्वस्त पारे भने माट हेनरीले २ विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।  

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप