आइतबार, कार्तिक १६ गते २०८३
images
images

ग्लोबल आईएमई बैंकको २८३औं शाखा उदयपुरको कटारी बजारमा

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 270
    SHARES
  • ग्लोबल आईएमई बैंकको २८३औं शाखा उदयपुरको कटारी बजारमा

    कात्तिक १० काठमाडौं । ग्लोबल आईएमई बैंकले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले स्थानीयको आवश्यक्तालाई ध्यानमा राखेर सो शाखा सञ्चालनमा ल्याएको हो । 

    images

    उदयपुरको कटारी नगरपालिका-३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २८३ पुगेको छ ।

    मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

    images