आइतबार, कार्तिक १६ गते २०८३
images
images

लगातार उकालो लागेको सुनको मूल्य ह्वात्तै घट्यो

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 302
    SHARES
  • लगातार उकालो लागेको सुनको मूल्य ह्वात्तै घट्यो

    कात्तिक १० काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्या साताको चौथो दिन बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बुधबार घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

    images

    बुधबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । 

    बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको एक हजार २६५ रुपैयाँ कायम भएको थियो । 

    images