आइतबार, कार्तिक १६ गते २०८३
images
images

रास्वपाले यी क्षेत्रमा बनायो अग्रता (सूचीसहित)

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 90
    SHARES
  • रास्वपाले यी क्षेत्रमा बनायो अग्रता (सूचीसहित)

    काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु दर्शनाले ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्।

    images

    त्यस्तै काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन् ।

    यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अगाडि रहेका छन् ।

    images

    मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन् ।
    रास्वपाले अग्रता बनाएका क्षेत्रहरू
    काठमाडौं–१:रञ्जु दर्शना – ९,०७८ मत
    काठमाडौं–८:विराज भक्त श्रेष्ठ – ७,६१७ मत
    काठमाडौं–१०:प्रदीप विष्ट – ६,०४२ मत
    काठमाडौं–५:सस्मित पोखरेल – ३,७०० मत
    काठमाडौं–४:पुकार बम – २,५२९ मत
    काठमाडौं–७:गणेश पराजुली – २,८३३ मत
    काठमाडौं–६:शिशिर खनाल – २,२३८ मत

  • सम्बन्धित विषय:

  • # रास्वपा