आइतबार, कार्तिक १६ गते २०८३
images
images

उपत्यकामा रास्वपाको बलियो उपस्थिति, रञ्जु दर्शना, विराज श्रेष्ठ र तोशिमा कार्की विजयी

एक्सप्रेस पाना
फाल्गुण २२, २०८२ शुक्रबार
  • 57
    SHARES
  • उपत्यकामा रास्वपाको बलियो उपस्थिति, रञ्जु दर्शना, विराज श्रेष्ठ र तोशिमा कार्की विजयी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँका तिन निर्वाचन क्षेत्रमा उल्लेखनीय जित हासिल गरेको छ । काठमाडौँ क्षेत्र नम्बर १ , ८ र ललितपुर क्षेत्र न. ३ मा रास्वपा उमेद्वार विजयी भएका हुन् ।

    images

    काठमाडौँ–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार प्रबल थापालाई उल्लेखनीय मतान्तरले पराजित गरेकी हुन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्र तेस्रो स्थानमा रहेका छन् । 

    यस्तै काठमाडौँ–८ मा रास्वपाका विराज भक्त श्रेष्ठ विजयी भएका छन् । उनले नेकपाका उम्मेदवार सुमन सायमीलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् ।

    images

    त्यसैगरी ललितपुर क्षेत्र न. ३ बाट रास्वपा उमेदवार डा. तोशिमा कार्की विजयी भएकी हुन् । 

    यद्यपि यि निर्वाचन क्षेत्रको औपचारिक रूपमा नतिजा घोषणा गर्न बाँकी रहेको जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # रञ्जु दर्शना