आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख, प्रतिसेयर आम्दानी कति ? 

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 341
    SHARES
  • एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख, प्रतिसेयर आम्दानी कति ? 

    कात्तिक १० काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरणअनुसार सो अवधिमा लघुवित्तले खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । 

    images

    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५० दशमलव ५१ प्रतिशत बढी हो । 

    लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा छ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५५ पैसाबाट १९ रुपैयाँ ८६ पैसा बढेर ३७ रुपैयाँ ४१ पैसा पुगेको छ । असोज मसान्तसम्ममा प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ।

    images

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०३ दशमलव १० प्रतिशत बढेको छ भने चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १५० दशमलव ५१ प्रतिशतले बढेर ४८ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १९ करोड ३३ लाख रूपैयाँमा सीमित रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १०३ दशमलव १० प्रतिशतले बढेर ३५ करोड ११ लाख रुपैयाँ पुगेको छ । 

    समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १७ दशमलव ५३ प्रतिशत बढेको छ भने जगेडा कोष १६६ दशमलव ०६ प्रतिशत बढेको छ। लघुवित्तको निक्षेप २२६ दशमलव ०९ प्रतिशत बढेको छ भने कर्जा १८६ दशमलव २८ प्रतिशत बढेको छ।  समीक्षाअवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३० दशमलव २ गुणा रहेको छ ।