काठमाडौँ । लमजुङमा नेकपा एमाले र नेपाली काँग्रेसका उमेद्वारलाई पछि पार्दै रास्वपाका धर्मराज केसीले अग्रता कायमै राखेका छन् ।
शनिबार बिहानको प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार केसीले १८ हजार ८१२ मत प्राप्त गरेका छन् भने एमाले उमेद्वार पृथ्वी सुब्बा गुरुङले ८ हजार ८०८ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
त्यस्तै नेपाली काँग्रेसका गमप्रसाद गुरुङले १० हजार १२८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।


