मंगलबार, भाद्र २३ गते २०८३
images

कांग्रेसका गगन थापालाई पछाडी पार्दै सर्लाही ४ मा रास्वपाका अमरेश कुमार सिंह विजयी

एक्सप्रेस पाना
फाल्गुण २४, २०८२ आइतबार
  • 128
    SHARES
  • कांग्रेसका गगन थापालाई पछाडी पार्दै सर्लाही ४ मा रास्वपाका अमरेश कुमार सिंह विजयी

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । रास्वपाका उम्मेदवार डा. अमरेश कुमार सिंहले उल्लेखनीय मतान्तरसहित जित निकालेका हुन् । 

    images

    सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । सिंहले थापालाई १२८५७ मतले हराएका छन् ।

    नेकपा एमालेका अमनिश कुमार यादव ले ९ हजार ३४३ मत ल्याउँदा जनमत पार्टीका राकेश मिश्र ले १ हजार ५७२ मत प्राप्त गरेका छन्। 

    images

    सर्लाही–३ मा पनि रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठ ले १३ हजार ३३८ मत प्राप्त गरेका छन् ।

    साथै, सर्लाही ९ १ मा रास्वपाका नीतिमा भण्डारी कार्की र क्षेत्र नम्बर २ मा रबिन महतो विजयी भएका छन् । यस सँगै जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # अमरेश कुमार सिंह