मंगलबार, भाद्र २३ गते २०८३
images

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना

एक्सप्रेस पाना
फाल्गुण २४, २०८२ आइतबार
  • 172
    SHARES
  • सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना

    काठमाडौं । सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन् ।

    images

    उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही क्षेत्रमा देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गर्ने बताएका छन् ।

    उनले लेखेका छन्,"सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा.अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ! मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।"

    images

    गगन सिंहसँग १३ हजार बढी मतले पराजित भएका हुन् । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत ल्याएका थिए ।

  • सम्बन्धित विषय:

  • # अमरेश सिंह
  • # गगन थापा