मंगलबार, भाद्र २३ गते २०८३
images

समानुपातिकतर्फ ८३ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ४० लाख बढी मत

एक्सप्रेस पाना
फाल्गुण २५, २०८२ सोमबार
  • 108
    SHARES
  • समानुपातिकतर्फ ८३ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ४० लाख बढी मत

    काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८३ लाख ८ हजार ८१३ मत गणना भएको छ ।

    images

    सोमबार बिहान १०:४०  बजेसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ४० लाख १० हजार १७ मत प्राप्त गरेको छ ।

    त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ४९ हजार ७८९ मत ल्याएको छ भने  नेकपा एमलेले ११ लाख ४३ हजार ९०१ मत ल्याएको छ । 

    images

    नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ८८ हजार ९२ मत प्राप्त गरेको छ । यसैगरी, श्रम संस्कृति पार्टीले २ लाख ९० हजार २८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७५ हजार १६२ मत ल्याएको छ । 

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # समानुपातिक