काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ३ लाख ५३ हजार ७९९ मत गणना भएको छ ।
मंगलबार बिहान ७ बजेसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ४९ लाख७१ हजार ४२२ मत प्राप्त गरेको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ८४ हजार ९७९ मत ल्याएको छ भने नेकपा एमलेले १४ लाख १ हजार ३४९ मत ल्याएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६२ हजार ९०१ मत प्राप्त गरेको छ । यसैगरी, श्रम संस्कृति पार्टीले ३ लाख ४९ हजार ४५४ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २३ हजार ६३४ मत ल्याएको छ ।


