आइतबार, कार्तिक १६ गते २०८३
images
images

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

एक्सप्रेस पाना
चैत्र १, २०८२ आइतबार
  • 279
    SHARES
  • धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

    काठमाडौँ । सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    images

    आइतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। साहले आफ्नो उम्मेदवारी कायम गरिदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

    अदालतबाट अन्तरिम आदेश नआएपछि धनुषा–१ मा नेपाल कम्युनिस्ट पार्टीका मातृका यादवको जित यथावत् रहने भएको छ। यसअघि नै निर्वाचन आयोगले उनलाई विजयी घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिसकेको थियो।

    images

  • सम्बन्धित विषय:

  • # किशोरी साह
  • # धनुषा–१