मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाको अभिमुखीकरण कार्यक्रममा नयाँ सांसदलाई संसदीय अभ्यास र कानुन निर्माणमा प्रशिक्षण

एक्सप्रेस पाना
चैत्र ४, २०८२ बुधबार
  • 152
    SHARES
  • रास्वपाको अभिमुखीकरण कार्यक्रममा नयाँ सांसदलाई संसदीय अभ्यास र कानुन निर्माणमा प्रशिक्षण

    काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेर संसदको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे दुई दिने विशेष अभिमुखीकरण दिएको छ । ललितपुरको एक होटलमा आयोजित उक्त कार्यक्रम बुधबार सम्पन्न हुँदैछ ।

    images

    उक्त अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका नेता गणेश पराजुलीले यो कार्यक्रममा विशेषगरी नयाँ सांसदहरूलाई सदनमा खेल्नुपर्ने भूमिका र कानुनी प्रक्रियाबारे प्रशिक्षित गरिएको बताए ।

    ‘यो १८२ जना संसदहरुको उपस्थितिमा एकअर्कासँग परिचयात्मक कार्यक्रमसँगै संसदीय भूमिका निर्वाह गर्दै जाँदा राष्ट्रिय प्रोटोकल सांसदको कस्तो रहन्छ ? कानुन निर्माण प्रक्रियामा सांसदको भूमिका कस्तो रहन्छ, सुशासन कायम गर्न, विशेषगरी मूख्य जिम्मेवारी कानुन बनाउने प्रक्रियामा कति जवाफदेही हुन्छ यी लगायत विकास निमार्णका काम, जनताका अपेक्षा अनुरुप कसरी काम गर्नुपर्छ यिनै विषयमा दुई दिने कार्यशालाको आज अन्त्य हुँदैछ,’ उनले भने ।

    images

    यस्तै, अर्का सांसद सस्मित पोखरेलले कर्मचारीतन्त्र (ब्युरोक्रेसी) सँगको सम्बन्ध र रोकिएका कानुनहरूलाई अगाडि बढाउने विषयमा भएको छलफल निकै प्रभावकारी रहेको बताए ।

    ‘संसदीय भूमिका, संसद सचिवालयको भूमिका, नीति निर्माण, कानुन निर्माणको विषयमा विज्ञहरु आएर प्रशिक्षण गर्नुभयो । ब्युरोक्रेसीको बारेमा कुरा भइरहेका छन् । कानुन निमार्ण गर्दा रोकिएका कानुनहरुको विषयमा पनि छलफल भईरहेको छ त्यसले गर्दा पनि पहिलो दिन र आज दोस्रो दिन पनि एकदम प्रभावकारी भईरहेको छ,’ उनले भने ।

    कार्यक्रमको उद्घाटन उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा घण्टी बजाएर गरेका थिए । प्रशिक्षणमा विषयविज्ञहरूको पनि बाक्लो उपस्थिति थियो ।

  • सम्बन्धित विषय:

  • # रास्वपा