आइतबार, कार्तिक १६ गते २०८३
images
images

समानुपातिक सांसदलाई निर्वाचन आयोगद्वारा प्रमाणपत्र प्रदान

एक्सप्रेस पाना
चैत्र ५, २०८२ बिहीबार
  • 55
    SHARES
  • समानुपातिक सांसदलाई  निर्वाचन  आयोगद्वारा प्रमाणपत्र प्रदान

    काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ ।

    images

    बिहीबार आयोगमा आयोजित विशेष समारोहकाबीच आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

    समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएका छन् ।

    images

    फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ ।

    आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समानुपातिक सांसद