आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज नवनिर्वाचित २७४ सांसदको शपथ आज , ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गराउने

एक्सप्रेस पाना
चैत्र १२, २०८२ बिहीबार
  • 94
    SHARES
  • आज नवनिर्वाचित २७४ सांसदको शपथ आज , ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गराउने

    काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

    images

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराउँदै छन् । शपथ ग्रहण बिहिबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा हुनेछ ।

    केसीले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए ।

    images

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सांसदको शपथ