बुधबार, भाद्र २४ गते २०८३
images

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

एक्सप्रेस पाना
चैत्र १३, २०८२ शुक्रबार
  • 94
    SHARES
  • नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    १०८ जना बटुकले स्वस्तिक वाचन गरेका छन् । त्यस्तै, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका छन् साथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको हो ।

    बालेन नेतृत्वमा यस्तो बन्यो नयाँ मन्त्रिपरिषद्, को-को बने मन्त्री ?

    images

    प्रधानमन्त्री नियुक्तिसँगै रास्वपाले मन्त्रिपरिषद् पनि टुंगो लगाएको छ। जसअनुसार स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री र सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन्।

    त्यस्तै, प्रतिभा रावल लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, गणेश पौडेल लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, र अमरेश सिंह लाई उद्योग मन्त्रीको जिम्मेवारी दिइएको छ।

    अन्य मन्त्रीहरूमा सस्मित पोखरेल शिक्षा मन्त्री, सोबिता गौतम कानुन मन्त्री र विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री रहने भएका छन्।

    यसैगरी, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री, गीता चौधरी कृषि मन्त्री, बिक्रम तिमिल्सिना सञ्चार मन्त्री, दिपक साह श्रम मन्त्री, सिताबादी महिला, बालबालिका मन्त्री तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका छन्।

    रास्वपाको नेतृत्वमा बनेको यो नयाँ सरकारलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा हेरिएको छ। आगामी दिनमा यस सरकारको कामकाज र नीति–कार्यक्रमप्रति जनताको चासो उच्च रहने अपेक्षा गरिएको छ।

  • सम्बन्धित विषय:

  • # शपथ