बुधबार, भाद्र २४ गते २०८३
images

पदबहाली गर्दै सोविता गौतमले भनिन्:सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

एक्सप्रेस पाना
चैत्र १३, २०८२ शुक्रबार
  • 146
    SHARES
  • पदबहाली गर्दै सोविता गौतमले भनिन्:सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पदबहाली गरेकी हुन् ।

    images

    पदबहाली पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि लैजाने बताइन् । उनले कानुन निर्माणमा आफ्नो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर रहेको बताइन् ।

    उनले भनिन्, "हाम्रो मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा सुधारको बाटोमा लैजाने छौं । कानुन निर्माणमा मेरो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर छ । आज के काम गर्दैछौं भन्दा छलफल गर्न बाँकी नै छ । खाका तयार गरेर मात्रै यो कामहरु अगाडि बढ्ने छन् ।"

    images

  • सम्बन्धित विषय:

  • # सोविता गौतम