काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।
आज बिहान ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको थियो ।
शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यससँगै ओली र लेखकलाई पक्राउ गरेको छ ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।


