मंगलबार, भाद्र २३ गते २०८३
images

ओलीको रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर

एक्सप्रेस पाना
चैत्र १५, २०८२ आइतबार
  • 150
    SHARES
  • ओलीको रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौं । केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

    images

    गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ ।

    ओलीकी पत्नी राधिका शाक्यका तर्फबाट दायर उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।

    images

    रिटमा गौरी बहादुर कार्कीको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा मात्रै पक्राउ गरी थुनामा राखिएको कार्य गैरकानूनी रहेको जिकिर गरिएको छ ।

    कुनै पनि छानबिन निकायको सुझाव वा प्रतिवेदनकै भरमा व्यक्तिलाई सीधै पक्राउ गर्ने प्रक्रिया कानूनसम्मत नहुने उल्लेख गर्दै ओलीको रिहाइको माग गरिएको छ ।

    जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली