आइतबार, कार्तिक १६ गते २०८३
images
images

संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

एक्सप्रेस पाना
चैत्र १६, २०८२ सोमबार
  • 144
    SHARES
  • संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । उनको अनुसार अपरान्ह बिहीबार दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गरिएको हो ।