मंगलबार, भाद्र २३ गते २०८३
images

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्दै

एक्सप्रेस पाना
चैत्र १८, २०८२ बुधबार
  • 117
    SHARES
  • ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्दै

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । 

    images

    बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । 
    बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन दोश्रो संस्करण २०२६ आगामि मे महिनाको २९–३१ मा आयोजना गर्नेछ । 

    उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरुका लागि आवेदन खुल्ला गरिएको छ ।  

    images

    प्रतियोगितामा सहभागी हुन मे ४, २०२६ भित्र बैंकको वेवसाइट मार्फत् आवेदन दिन सकिनेछ । 

    पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकोले बैंकले ह्याकाथनको दोश्रो संस्करण आयोजना गर्न लागेको हो । 

    ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मी र सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैंकको विश्वास छ ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक