आइतबार, कार्तिक १६ गते २०८३
images
images

सघीय संसद् अधिवेशन आजदेखि सुरु,यस्तो छ कार्यसुची

एक्सप्रेस पाना
चैत्र १९, २०८२ बिहीबार
  • 117
    SHARES
  • सघीय संसद् अधिवेशन आजदेखि सुरु,यस्तो छ कार्यसुची

    काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज सुरु हुँदैछ ।

    images

    मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ः०० बजे संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा बस्ने गरी आह्वान गरेका छन् ।

    आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् ।

    images

    बैठकमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ ।

    यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

    सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने नियमावलीको व्यवस्था रहेको छ । सोहीअनुसार केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूलाई मनोनयन गर्नेछन् ।

    photo_5a3bf679.jpg

  • सम्बन्धित विषय:

  • # सघीय संसद् अधिवेश