बुधबार, भाद्र २४ गते २०८३
images

दुवै सदनको बैठक आज, सभामुखमा अर्याललाई अनुमोदन गर्ने कार्यसूची

एक्सप्रेस पाना
चैत्र २२, २०८२ आइतबार
  • 112
    SHARES
  • दुवै सदनको बैठक आज, सभामुखमा अर्याललाई अनुमोदन गर्ने कार्यसूची

    काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।

    images

    प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बस्ने भएको छ ।

    बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    images

    शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

    यस्तै, राष्ट्रियसभाको बैठक पनि बस्ने भएको छ । बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

    बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नेछन् । बैठकमा प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ ।

  • सम्बन्धित विषय:

  • # डोलप्रसाद अर्याल