काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मुल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।


