बुधबार, भाद्र २४ गते २०८३
images

यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ:मन्त्री गौतम

एक्सप्रेस पाना
चैत्र २२, २०८२ आइतबार
  • 193
    SHARES
  • यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ:मन्त्री गौतम

    काठमाडौं । कानुनमन्त्री र तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्ने बताएकी छिन् ।

    images

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालको समर्थकको रुपमा आफ्नो कुरा राख्दै उनले संसदमा नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको समिश्रणले संसदलाई अझ परिपक्क बनाउनतिर लैजान आवश्यक रहेको धारणा राखिन् ।

    उनले भनिन्,"यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्छ । यो संसद जनताको मुद्दामा केन्द्रीत हुनैपर्छ । समाधनोन्मुख र स्पष्टरुपमा परिणामुखी बन्नैपर्छ । नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको पनि उपस्थिति छ । जसले मिलेर अझ यो संसदलाई परिपक्क बनाउनतिर लाग्नै पर्नेछ ।"

    images

    त्यस्तै उनले वहस केवल वहसमा मात्रै सिमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जाने भन्दै संसदमा स्वस्थ वहस आवश्यक रहेको बताइन् ।

    "लोकतन्त्र केवल भाषण र वहसले मात्र ल्याउने होइन् । हाम्रा वहसहरुले ल्याउने परिणामले पनि अर्थपूर्ण छ कि छैन भन्ने कुराको सन्देश दिन्छ । त्यसैले स्वस्थ्य वहस आवश्यक छ । तर वहस केवल वहसमा मात्रै सिमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जान्छ । त्यसैले यस पटकको वहस अर्थपूर्ण उत्तरदायी र परिणाममुखी हुनुपर्छ,"उनले भनिन् ।

  • सम्बन्धित विषय:

  • # सोविता गौतम