आइतबार, कार्तिक १६ गते २०८३
images
images

सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छ:सांसद बुर्लाकोटी

एक्सप्रेस पाना
चैत्र २३, २०८२ सोमबार
  • 134
    SHARES
  • सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छ:सांसद बुर्लाकोटी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले जनताको अपेक्षा ठूलो रहेको बताएका छन् ।

    images

    सोमबार बसेको  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनताले आफूहरूलाई ठूलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै अब केवल अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

    ‘हामी माथि ठूलो भारी बोकाएर जनताले पठाउनु भएको छ । यो सदन अहिले अनुहार मात्रै परिवर्तन भएको छैन । यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित छौं,’ उनले भने ।

    images

    सांसद बुर्लाकोटीले वर्तमान संसदले जनताको विश्वास कायम राख्दै ठोस परिवर्तनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

  • सम्बन्धित विषय:

  • # कविन्द्र बुर्लाकोटी