काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई थप म्याद नथप्न आदेश दिएको छ ।
सोमबार न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । आदेशसँगै ओली र लेखक आगामी बिहीबार हिरासतबाट रिहा हुने भएका छन् ।
सर्वोच्च अदालतले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई मुक्त गर्न परमादेश जारी गरेको छ । यसअघि काठमाडौं जिल्ला अदालतले आइतबार पाँच दिनका लागि म्याद थपेको थियो ।
.jpg)


