बुधबार, भाद्र २४ गते २०८३
images

कानुनमन्त्री गौतम र स्विस राजदूत म्युलीबीच शिष्टाचार भेटवार्ता

एक्सप्रेस पाना
चैत्र २५, २०८२ बुधबार
  • 112
    SHARES
  • कानुनमन्त्री गौतम र स्विस राजदूत म्युलीबीच शिष्टाचार  भेटवार्ता

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । आज कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता भएको हो । 

    images

    राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

    भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान प्रदान भयो ।

    images

  • सम्बन्धित विषय:

  • # सोविता गौतम