काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन् ।
बिहिबार ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानीमा रिहा गरिएको हो ।
ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।


