आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

एक्सप्रेस पाना
चैत्र २७, २०८२ शुक्रबार
  • 133
    SHARES
  • फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

    images

    निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ बढाएको हो।

    नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ कायम भएको छ।

    images


    खाना पकाउने एलपी ग्यासमा पनि उल्लेख्य वृद्धि गरिएको छ । अब ग्यासको मूल्य प्रतिग्यास सिलिण्डर २०१० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो मूल्यको तुलनामा १०० रुपैयाँले बढी हो ।

    यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गर्दै २५७ रुपैयाँ कायम गरिएको निगमले जानकारी दिएको छ ।
    निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सोहीअनुसार आन्तरिक बजारमा मूल्य समायोजन गर्नुपरेको हो । निगमले मूल्य बढाउँदा पनि अझै पूर्ण रूपमा लागत समेट्न नसकेको जनाएको छ ।

    मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको दाबी गरिएको छ । इन्धनको मूल्यवृद्धिसँगै यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवनमा पर्ने देखिएको छ । ढुवानी खर्च बढेसँगै खाद्यान्न, तरकारी तथा अन्य उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने अनुमान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # पेट्रोल र डिजेल