आइतबार, कार्तिक १६ गते २०८३
images
images

संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी ठाकुर

एक्सप्रेस पाना
चैत्र २७, २०८२ शुक्रबार
  • 92
    SHARES
  • संसारकै कान्छी उपसभामुख बनिन् रुबीकुमारी ठाकुर

    काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।

    images

    शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोप्रसाद अर्यालले जानकारी दिए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपसभामुख पदमा सरस्वती लामालाई उठाएको थियो ।

    images

    अर्यालका अनुसार सरस्वती लामाको पक्षमा संसदमा उपस्थित भएका २५७ सांसदमध्य प्रस्तावको पक्षमा जम्मा पाँच मत ,हुन्न भन्नेमा २१५ मत र प्रस्तावमा मत दिन्न भन्नेमा ३७ मत रहेकाले उनको उम्मेदवारीको प्रस्ताव अस्वीकृत भएको हो ।

    योसँगै २५ वर्षकी रुबीकुमारी संसारकै कान्छी उपसभामुख बनेकी छिन् । उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् ।

    नेकपा एमाले तटस्थ बसेको थियो भने अरु सबै दलले रुबीलाई समर्थन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # उपसभामुख
  • # रुबीकुमारी ठाकुर