बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल टेलिकमले ल्यायो नयाँ वर्षको अफर

एक्सप्रेस पाना
चैत्र ३०, २०८२ सोमबार
  • 64
    SHARES
  • नेपाल टेलिकमले ल्यायो नयाँ वर्षको अफर

    काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ ल्याएको छ । 

    images

    अफर अन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइट अन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

    दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । आज (२०८२ चैत ३०) देखि आगामी २०८३ बैशाख २ गते सम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ । 

    images

    नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट *1415*11# डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिन्छ । 

     

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम