मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले टुंग्यायो संसदीय समितिका सभापतिको उम्मेदवार, मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी

एक्सप्रेस पाना
बैशाख ३, २०८३ बिहीबार
  • 97
    SHARES
  • रास्वपाले  टुंग्यायो संसदीय समितिका सभापतिको उम्मेदवार, मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ ।

    images

    बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

    बैठकमा मुख्य सचेतक र दुई जना सचेतक चयन गर्ने निर्णय गरेको छ । बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ ।

    images

    त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # कबिन्द्र बुर्लाकोटी