बुधबार, भाद्र २४ गते २०८३
images

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

एक्सप्रेस पाना
बैशाख १३, २०८३ आइतबार
  • 172
    SHARES
  • सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

    images

    आइतबार सामाजिक संजालमार्फत उनले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे ।

    उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’

    images

    उनले सुकुमबासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासे बताए ।

    "माननीय रवि लामिछानेजी कता हराउनु भयो? सरकारले के गर्‍या त्यस्तो, जनता सडकमा रात बिताउन थाले हिजो देखि," उनले लेखेका छन् । साथै उनले सदन चाँडो खोल्न समेत आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ