शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘छ माया छपक्कै २’ को मुहूर्त

एक्सप्रेस पाना
बैशाख १४, २०८३ सोमबार
  • 129
    SHARES
  • चलचित्र ‘छ माया छपक्कै २’ को मुहूर्त

    काठमाडौं । अभिनेता दीपकराज गिरीले आगामी चलचित्र ‘छ माया छपक्कै २’ को छायांकन सुरु गर्ने भएका छन् ।

    images

    सूर्यविनायकस्थित गणेश मन्दिरमा ‘छ माया छपक्कै २’ को शुभमुहूर्त गरिएको हो । चलचित्रको छायांकन भने वैशाख १८ गतेदेखि सुरू हुनेछ ।

    २०७६ सालको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ को सिक्वेलको काम औपचारिक रूपमा अगाडि बढेको हो । पहिलो श्रृंखलाकै टिमले ‘छ माया छपक्कै २’ निर्माण गर्न लागेको हो ।

    images

    चलचित्रमा निर्देशक दीपेन्द्र लामाले नै निर्देशन गर्नेछन् । मुख्य भूमिकामा दीपकराज गिरी र केकी अधिकारी दोहोरिएका छन् ।
    यसपटक मोडल तथा अभिनेत्री सनिशा भट्टराई पनि शीर्ष भूमिकामा देखिने भएकी छन् । ‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’ मा अभिनय गरिसकेकी उनको यो तेस्रो चलचित्र हुनेछ ।

  • सम्बन्धित विषय:

  • # दीपकराज गिरी
  • # ‘छ माया छपक्कै २