काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको दोस्रो खेलमा ओमानले नेपाललाई ३०६ रनको लक्ष्य दिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनाएको हो ।
ओमानका लागि कप्तान जतिन्दर सिंहले सर्बाधिक १३० रन बनाए भने जितेन रमानन्दीले ४३ रन जोडे । नेपालको लागी सोमपाल कामीले ४ विकेट लिए ।


